वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
१५ करोडमा बनाइएको क्रुज सिप नारायणीमा सन्चालन
Prabhu Bank AD

नारायणी नदी किनार बनेको ‘क्रुज सिप’ आइतबारदेखि सञ्चालनमा आएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

यस्तो क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुंगेलले केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारीका कारण क्रुज सञ्चालन गर्न नसकिएको बताए। उक्त क्रुजको २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो। यात्रुलाई ढुंगेलले एक घन्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको बताए। यसका लागि ७ सय रुपैयाँ लाग्छ। यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए।

ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ।

क्रुज सिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन्। भरतपुर महानगरपालिका(१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुज सिपको स्टेसन रहेको छ। तीन तल्लाको क्रुजमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्छ।

यो क्रुज सिप निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। क्रुजमा भिआइपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ। डिजाइन परिवर्तन गर्दा एक करोड लागत र वजन १० टन थप भएको उनले बताए। कँडेलले क्रुजमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा हुने बताए। क्रुज सिपमै बसेर विवाह, व्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइने उनले बताए।

‘क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ। तर यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ,’ कँडेलले भने, ‘पानीको वहावअनुसार दूरी बढाउँदै लैजान सकिन्छ।’

नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन्। यसको चालक दलमा १५ जना रहने छन्।

Prabhu Bank AD

सम्बन्धित खवर