वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
विश्वको सबैभन्दा कान्छी महिला प्रधानमन्त्रीले किन गर्दैछिन् राजिनामा ?
Prabhu Bank AD

 

काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।

बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।

उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।

आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् ।
सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् ।

आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती व्यहोरिन‍् ।

Prabhu Bank AD

सम्बन्धित खवर