वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
बलि चढाउन मामाले गरेआफ्नै भाञ्जाको हत्या
Prabhu Bank AD

सल्यान । सल्यानमा मन्दिरमा बलि चढाउन भन्दै मामाले भान्जाको हत्या गरे । बनगाड कुपिण्डे नगरपालिका( १० माझकाँडाका ३४ वर्षीया डम्बर पुरीले ८ वर्षीया भिजन घर्तीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेका थिए ।

पुरीको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् । पुरीले हत्यापछि भाञ्जाको शव मन्दिरभित्रै गाडेका थिए ।

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर