वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
ट्रमा सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द
Prabhu Bank AD

 

२ माघ, काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो । श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।

त्यसैगरी, नेपाल चिकित्सक संघले आजीवन सदस्य स्व डा सुशील श्रेष्ठ, स्व डा। शोना दिवाकर उनीहरुका १० महिने छोरा तथा स्व डा। गणेश थापाको असामयिक निधन भएकोम दुख व्यक्त गरेको छ।

महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दे निधनले संघ स्तब्ध भएको र नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको उल्लेख गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमासमेत काम गरेका थिए ।

उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । श्रेष्ठ स्पाइन सर्जरीसम्बन्धी फेलोसिपमा उनी सिंगापुर जाने तयारीमा थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर