वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
तिब्बती शरणार्थीका अगुवासँग अमेरिकी दुताबासकाे तीन घण्टा छलफल
Prabhu Bank AD

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासका केही कूटनीतिक कर्मचारीले तिब्बती शरणार्थीबारे छलफल गरेका छन् । उनीहरुले हिजो बिहान झण्डै तीन घण्टा शरणार्थीबारे कानुन व्यवसायी, मानवअधिकारकर्मीसहितको उपस्थितिमा कुराकानी गरेको बताइन्छ ।

भेटघाट स्वयम्भूको बिजेश्वरीस्थित होटल बज्रमा भएको हो । भेटघाटमा दूतावासका तिब्बती शरणार्थी सम्बन्धी प्रमुख तथा कन्सुलर मार्क पौल, शरणार्थी सम्बन्धी कानुनी विषय हेर्दै आएका अधिवक्ता शम्भु लामा पनि थिए । त्यसैगरी शरणार्थी मानवअधिकारकर्मी सोनम छिरिङ्ग, हरी शेर्पासहित झण्डै डेढ दर्जनले उक्त छलफलमा भाग लिएको स्रोतको दाबी छ । छलफलमा शरणार्थीहरुकाे मानवअधिकारकाे अवस्थाका बारेमा कुरा भएकाे बताइएकाे छ ।

Prabhu Bank AD

सम्बन्धित खवर