वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश
Prabhu Bank AD

काठमाडौं । कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुनुभएको छ । उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो ।
लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटन स्राेतले जानकारी दियाे । उहाँका अनुसार लामिछानेलाई विदेश जान भने रोक लगाइएको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरी परेको करिब एक महिनापछि असोज २० गते नेपाल फर्किएका सन्दिपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर