वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
माघदेखि निक्षेपको ब्याजदर ११ प्रतिशत हुने
Prabhu Bank AD

काठमाडौँ । वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । जसअनुसार माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् ।

त्यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।

बजारमा सकारात्मक सन्देश दिन पनि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । नवर्वाचित अध्यक्ष सुनिल केसीका अनुसार तरलता अवस्थामा सुधार आएको र समग्र ब्याजदर धेरै माथि जान नदिनका लागि पनि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको हो ।

पुसमा बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।

वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएको, समग्र ब्याजदर धेरै माथि पुगेको, बैंकहरुको लागत कम गर्नु परेको लगायत कारण ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशन गरेका बैंकहरूले मंसिर र पुसमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर