वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सुनछहरी गापाद्वारा विद्यालयहरूमा सिआइसिटी सचेतनामूलक कार्यक्रम सम्पन्न
Prabhu Bank AD

जुनिस कुमार बिष्ट
रोल्पा,सुनछहरी
सुनछहरी गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सबै बिधालयमा सिआइसिटी(CICT) सम्बन्धि सचेतनामुलक तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।२०७७ माघ ७ गते देखि जनता माध्यमिक बिधालय गामबाट सुरु भएको कार्यक्रम माघ १३ गते देविमन्दिर माध्यमिक बिधालय पोबाङमा सम्पन्न भएको हो।कोरोना भाइरस कोभिड-१९ लक्षित कार्यक्रममा माध्यमिक बिधालय तहमा अध्ययन गर्ने सबै छात्रछात्राहरुलाई लक्षित कार्यक्रममा कोरोना भाइरस ,यसका लक्षणहरु,बच्ने उपायहरुको बारेमा सहजीकरण पोबाङ स्वास्थ्य चौकीमा कार्यरत स्टाफ नर्स बिनिता कंवर र बसन्ती महराले गर्नु भएको थियो भने सरसफाइ सम्बन्धि हात धुने र माक्स लगाउने तरिका अभ्यास सहित पोबाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी देउमा पुनमगरले दिनु भएको थियो ।कार्यक्रममा सिआइसिटी(CICT) सम्बन्धि अन्य जानकारी पोबाङ स्वास्थ्य चौकीका इन्चार्ज जनक गिरीले दिनु भएको थियो।
उक्त कार्यक्रममा गाउँपालिका भित्रका सबै सामुदायिक बिधालयमा स्वास्थ्य सामाग्री वितरण गरीएको थियो ।सामाग्रीहरुमा सर्जिकल माक्स,बिद्यार्थीका लागि गार्मेन्ट,स्यानीटाइजर,ग्लोभ्स,हात धुने साबुन रहेका छन भने माध्यमिक बिधालयमा सचेतना मुलक सामाग्रीहरु फ्लेक्स प्रिन्टर अन्तर्गत कोभिड-१९ का लक्षणहरु,कोभिड-१९ महामारी जनस्वास्थ्य मापदण्ड -२०७७ र साबुन पानीले हातधुने ६ चरणहरु समेत वितरण गरिएको छ।
उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्य माथी प्रकाश गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले पार्नु भएको थियो ।भने कार्यक्रम संचालन सामाजिक बिकास शाखाका प्रमुख अधिकृत बलराम पौडेलले गर्नु भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर