वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
राेजगारीका लागि तीन वर्षमा ११ लाखभन्दा बढी युवा विदेशिए
Prabhu Bank AD

काठमाडौं।  विगत तीन वर्षमा वैदेशिक रोजगारीका लागि नेपालबाट ११ लाख बढी युवा बाहिरिएको प्रतिवेदन अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस अवसरमा काठमाडौंमा सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार कामको खोजीमा ३ वर्षमा ११ लाख बढी युवा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेशिएको देखाएको छ। प्रतिवेदनअनुसार ३ वर्षमा ११ लाख ६५ हजार १५१ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷७७ मा ३ लाख ३९ हजार ९४४ जना पुरुष र २८ हजार ४२९ महिला गरी कुल ३ लाख ६८ हजार ३७३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।

आर्थिक वर्ष २०७७÷७८ मा १ लाख ५५ हजार २३३ पुरुष र ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ। आव २०७८÷७९ मा ५ लाख ८० हजार ९६१ पुरूष र ४९ हजार १२८ महिला बिदेसिएका छन्। यसमा नयाँ श्रम स्वीकृति लिएर मात्रै ६ लाख ११ हजार ३३२ जना बिदेसिएका छन्।

नयाँ श्रम स्वीकृति लिएर विदेशिनेमा सबैभन्दा धेरै मधेस प्रदेशबाट छन्। प्रतिवेदनअनुसार मधेस प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको २८.६८ प्रतिशत रहेको छ।

प्रदेश १ बाट २०.२४ प्रतिशत, लुम्बिनी प्रदेशबाट १६.८२ प्रतिशत, बागमती प्रदेशबाट १५.४८ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।

गण्डकी प्रदेशबाट १२.१९ प्रतिशत, कर्णाली प्रदेशबाट ३.८५ प्रतिशतले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशबाट २.७३ प्रतिशतले श्रम स्वीकृति लिएका छन्।

जिल्लागत रूपमा धनुषा, सिराहा, झापा, मोरङ, सुनसरीबाट ठूलो संख्यामा युवाहरू विदेशिने गरेको देखिएको छ। पछिल्लो तीन वर्षम सबैभन्दा धेरै युवा कामको खोजीमा कतार पुगेका छन्, जुन ३५.९ प्रतिशत रहेको छ।

दोस्रो गन्तव्य मुलुक मलेसियामा मलेसियामा २२ प्रतिशत, साउदीमा १५.४, संयुक्त अरब इमिरेट्स (युएई)मा ७.५ प्रतिशत र कुवेतमा ६.५ प्रतिशत पुगेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर