वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
२८ करोडका गुणस्तर परीक्षण भ्यान थोत्रिए
Prabhu Bank AD

 

काठमाडौँ । अनुगमनस्थलमै वस्तुको गुणस्तर परीक्षण गर्न सरकारले ल्याबोरेटरी भ्यान किने पनि सञ्चालनमा नआउँदै सामान ड्यामेज भएका छन् । राजमार्ग, नाका र बजार अनुगमनका क्रममा तत्काल नमुना परीक्षण र नतिजा दिन किनिएका चार वटा भ्यान ३ वर्षदेखि अलपत्र छन् ।

सरकारले भ्यानका लागि ०७३ र ७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दुई र खाद्य प्रविधि तथा गुण नियन्त्रणअन्तर्गत दुई गरी चार भ्यान किन्ने निर्णय भएको थियो । तर मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ असार ५ मा मुद्दा दायर गर्‍यो,’ खाद्य प्रविधिका एक अधिकारीले भने, ‘त्यसपछि अलपत्र परेको भ्यानका धेरै सामान ड्यामेज भएका छन् । पछिल्लो समय अदालतले फैसला सुनाए पनि भ्यान चलाउन सकिएन ।पछिल्लो समय विशेष अदालतले सञ्चालन गरेर प्रतिवेदन दिन भने पनि प्रभावकारी भएको छैन । करिब २८ करोड लागतमा किनिएका ४ वटा ल्याबोरेटरी भ्यानका टायर, ब्याट्री, ल्याबका सामान म्यादसमेत सकिएको खाद्यका अधिकारीहरू बताउँछन् ।

‘सरकारले भ्यानका लागि ०७३–७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दुई र खाद्य प्रविधि तथा गुण नियन्त्रणअन्तर्गत दुई गरी चार भ्यान किन्ने निर्णय भएको थियो । तर मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ असार ५ मा मुद्दा दायर गर्‍यो,

Prabhu Bank AD

सम्बन्धित खवर