वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
राष्ट्रिय स्वाधीनताको लडाइँ जारी
Prabhu Bank AD
हामी किड्नी बेचेर शरीर खोजिरहेका छौँ। मुटु बेचेर माया खोजिरहेका छौँ हाम्रा दिदीबहिनी विदेशीको भुमिमा शरीर बेचेर अन्न र एकसरो कपडा खोजीरहेका छन। हाम्रा आमाहरु बुढेसकालको साहरा खोजिरहेका छन। हाम्रा दाजुभाइ पसिना बेचेर देश खोजिरहेका छन। हाम्रा प्रहरी प्रशासनका साथि भाइ हरु महिना दिन चौबीसै घण्टा चाकडी गरेर पनि आफ्ना दुई सन्तानलाई राम्रो शिक्षा दीक्षा दिन सकेका छैन्न तर हाम्रा हाकिम नेताहरु महाकाली कोसि टनकपुर बेचेर नपुगेर अरु बेच्न भारत र अमेरिका खोजिरहेका छन। हाम्राे तन मन धन र भावनामा माथि खेल्नेहरु हाम्रै आफ्ना नजिकका भनेर सधै हाम्रो कमलो हृदयमा राखेका नेताहरु हुन। हामीले आफ्नो भन्यौं दिलमा राखेयौ बास दियौं गाँस कटाएर खान दियौं तर हामीलाई यिनले सधैं आस मात्र दिए सर्पलाइ दूध खुवाएर पाले पनि अन्ततः उसले डसने नै हो यहाँ पनि यस्तै भयो हामी सधैं मेरो पार्टी मेरो नेता भन्दै दाजुभाइ इष्ट मित्र बाझ्दै गयौं उनिहरु अबसर लिदै गए हामीलाई सधै बोलिको बोका बनाए हाम्रो रगत र पशिनामा होलि खेलिरहे ८० लाख युवालाई गुलाम बनाएर बाबुआमालाई महिनामारी तनखा दिन्छन। ती {क} नपढेका बाबुआमालाई केथा यो महिनामारी भत्ता कहाँबाट आउँछ। गाउँपालिका वडाको बजेट पचाउन कमिसन खान भिरपाखा उदुनेर रातो बनाउनेलाई विकास भनिदो रहेछ। विदेशीले निकालेको हाइड्रोपावर बाट २ रुपैया युनिटमा भारतमा उपल्लो तारमा फेरि तल्लो तारमा फर्काएर ९ रुपैया युनिटमा किनेपछि आर्थिक क्रान्ति हुदोरहेछ। १ वर्षसम्म किताब नपुग्ने विद्यालयमा १ महिनामा मतपेटिका पुग्छ धर्म संस्कृति बेचेर बाइबल भित्राउनेलाई संस्कारी र योग्य मानिदो रहेछ। देशको जमिन बेचेर चुनाव लड्ने ठुला राष्ट्रवादी हुदा रहेछन् । राणा साशन यताका १६ वटा ठुला उद्योग कहाँ छन अहिले यी आखाले देखि देखि पनि अन्दो हुनुपर्ने सबै जान्दाजान्दै पनि यिनकै लागि हामी दाजुभाइ लड्ने निष्पक्ष रुपमा देश प्रेम अन्याय अत्याचार भ्रष्टाचार राष्ट्रिय स्वाधीनताको लागि लड्छु।भन्दा जेल जानुपर्ने यो कस्तो देशमा जन्म भएछ मेरो जन्मिदा नाङ्गै हो जाने पनि नाङ्गै हो साशकले कागजका खोस्टामा हामीलाई नचाएको छ। हामी नाचिरहेका छौ। कि त त्यो कागजको खोष्टाले हाम्रो पेट भरिन पर्ने अन्न विना शरीर चल्दैन कागजको खोष्टाको पछाडि किन लागिरहेका छन मान्छे अर्काले हो रे भनेपछि रे रे का पछि लाग्ने हामी नेपालीको बुद्धि कहिलै फिरेन तिन महिना काम गरेर वर्षभरि खान पुग्ने जमिन बाझिएको छ। हामी भने हजारौं नेपालीको रगतले पोतिएको रंगशालामा उनिहरु फुटबल खेलिरहेका छन हामी हासी हासि हेरिरहेका छौ। यता सरकार बोल्दैन दैनिक त्रिभुवन हवाई अड्डामा कति बाकस आउछन। उसलाई नेपाल राष्ट्र बैंकमा रेमिटान्स गन्दै ठिक्क छ। उसले के देखोस बेरोजगार बसपार्कको पुल माथि अहिले त बेइज्जत भयो भनेर आकाशे पुल नै फालेछ। नयाँ नयाँ अनुहार आएका छन भन्छन् भेष बदलेर आउनेलाई कसले चिन्छन र बोली नेपाली बोल्छन।व्यवहार छिमेकीको जस्तो देखिन्छ। झन्डा चन्द्र सुर्य भन्छन युरोपियन युनियनको जस्तो देखिन्छ। नागरिक नेपाल कै हुन अरे तर पासपोर्ट उताको अचम्म छ।राष्ट्रघाती MCC पास गर्न घोक्रो फुट्ने गरि कराउने लाई भारी मतान्तरले बिजय रे चाहिना र अमेरिका बाट मागेर देश बनाउने अरे उहाँले गुन्डा नाइके निर्विरोध विश्वको शक्तिशाली देशमा पुगेर उपाए नलागे पछि यो गरिब देशमा फर्किएपछि सांसद यो जस्तो राम्रो के हुन सक्छ। साहि बाट शाह बन्न खोज्ने एकजना एजेन्ड युटुबमा कमेन्ट गरेर नेता दुर्गम जिल्लाका गरिबलाई झुक्याएर सांसद यो भन्दा उत्तम अरु के मलाई तँ पनि कमरेड चाइनिज रसियन उत्तरकोरीयन भन्न बेर छैन। तर म कुनै देशको शरणार्थी होइन म नेपाली हो नेपाल चाहान्छु। कम्युनिष्ट भनेको अन्तर्राष्ट्रियतावादी हो। जो कै कम्युनिष्ट बन्न सक्दैन यहाँ युरोपियन युनियन बाट डलर आउदैन अर्बौंको खोलो बग्दैन कम्युनिष्टहरुको लागि चुनाव भनेको साहेक हो। मुख्य विषय भनेको जनताको ब्यबस्था हो। जनआधार हो। नेपालमा हाल संसदवादी कम्युनिष्ट भन्ने हरु असली कम्युनिष्ट होइन्न बाहिर रहेका क्रान्तिकारी भन्नेहरु दक्षिणपन्थी अवसरवादी हुन उनिहरु बाट नेपालको हितोचित छैन सम्भव पनि छैन। नेपाली जनता ९५% कम्युनिष्ट शासन पद्धतिमा विश्वास गर्छन। र अब नेपालबाट नया कम्युनिष्ट पार्टी र जनविद्रोह आन्दोलनको आवश्यकता देखिन्छ।त्यसैले राष्ट्रियता अन्याय अत्याचार भ्रष्टाचार बेरोजगार स्वास्थ्य शिक्षा वैदेशिक रोजगार बन्द गरि स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न दलाली ब्यवस्थाको अन्त्य गर्न हत्याहिंसाको अन्त्य गर्न लगाएत यावत समस्या समाधान नभए सम्म मेरो यात्रा लडाइ जारी रहन्छ। म कागजका खोस्टा विनाको संसारको कल्पनामा छु। तपाई पनि कागजको खोष्टा विनाको संसारमा लाग्नुस। यसकारण मेरो लडाइ राष्ट्रियता माथि धावा बोल्नेहरु सँग हो। मेरो लडाइ नेपाली जनतालाई गुलाम बेरोजगार गरिब बनाउने सँग हो। मेरो लडाइ विश्व पुजिवाद भु-मण्डलीकृत पुजीवादीहरु  साम्राज्यवाद बिस्तारवाद र दलाल पुजीवादीहरु सँग हो। मेरो लडाइ प्रशासन सँग होइन दलाली ब्यवस्था सँग हो। अन्तिम शास सम्म गरिबी अन्याय अत्याचार भ्रष्टाचार बेरोजगार र राष्ट्रिय स्वाधीनताको लडाइ जारी रहन्छ।

Prabhu Bank AD

सम्बन्धित खवर