वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
माओवादी केन्द्र सप्तरीका युवा नेताहरुले पार्टी केन्द्रलाई दिए सामुहिक राजिनामाको चेतावनी
Prabhu Bank AD

सप्तरी । नेकपा (माओवादी केन्द्र)का युवा नेताहरुले पार्टी केन्द्रलाई सामुहिक राजिनामाको चेतावनी दिएका छन् । सामानुपातिक लिस्टमा जनयुद्धका घाइते र सहिद परिवारलाई पाखा लगाएर पार्टी आन्दोलनमा कम योगदान भएकालाई काखी च्याप्न खोजेको भन्दै त्यसो भए गरिए सामुहिक राजिनामा दिने चेतावनी दिएका हुन् ।


जनयुद्धका घाइते तथा पुर्व जनमुक्ति सेनाका व्रिगेड कमाण्डर अरुण साह (अनिल) र सहिद दशरथ ठाकुरकी जीवनसंगिनी कविता ठाकुरलाई पाखा लगाएर पूर्व जनमोर्चा तथा नारायणकाजी श्रेष्ठ खेमाकी माला कर्णलाई समानुपातिक सांसद बनाउन खोजेपछि उनीहरुले विभिन्न माध्यमबाट पार्टी नेतृत्वलाई दबाब दिंदै आएका छन् ।

अरुण साहले आफ्नो फेसबुक पेजबाट राजिनामाको चेतावनी सहितको पत्र सार्वजनिक गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरिएको, मधेस प्रदेश इन्चार्ज गणेश साह र जिल्ला अध्यक्ष उमेश कुमार यादवलाई बोधार्थ पठाइएको पत्रमा प्रदेशको समानुपातिकमा परिवारवाद, जातिवादको कोणबाट जिल्लाबाट सिफारिस नै नभएका व्यक्तिलाई राखेर संकीर्ण गुटीय घेराबन्दी मजबुत पार्ने हर्कतको हरेक ढंगले प्रतिवाद एवम् विरोध गछौं भन्दै निरन्तर पार्टीप्रति बफादार रही संघर्षको मोर्चामा अग्रणी स्थानमा रहेका योद्धा बाहेकलाई अवसर दिएमा सप्तरीका अधिकांश कमरेडहरु सामुहिक राजिनामा दिन बाध्य हुने उल्लेख गरिएको छ ।


पत्रमा तीन जना समानुपातिक उम्मेदवारहरु अरुण कुमार साह (घाइते), चतुरनारायण चौधरी (थारु), कविता ठाकुर (सहिद परिवार), र जिल्लाका युवा नेताहरु सुकदेव साह (जिल्ला सदस्य तथा सहिद परिवार), शिवकुमार राम (वाइसिएल केन्द्रीय सचिव) लगायत २६ जना युवाहरुको नाम उल्लेख गरिएको छ ।

उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर समेत आफ्ना विषय अवगत गराएका छन् । हिजो मात्रै उनीहरुले पूर्व जनमुक्ति सेनाका प्रमुख तथा उपराष्ट्रपति नन्द किशोर पुन पासाङलाई समेत भेटेर गुनासो गरेका थिए ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर