वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
राजस्व संकलनमा नकारात्मक असर पुगेपछि प्रतिबन्धित वस्तुको आयात खुल्ला
Prabhu Bank AD

 

काठमाडौँ । राजस्व संकलनमा नकारात्मक असर पुगेपछि सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको आयात भने रोकिएको थिएन । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ वस्तु (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरेरलेज) को प्रतिबन्ध फुकुवा गरेको थियो । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत् थियो ।

सरकारले बन्देजलाई निरन्तरता दिएपछि उद्योगी–व्यवसायीले विरोध गर्दै आएका थिए । सरकारी नीतिकै कारण ठूलो नोक्सानी बेहोर्नुपरेको उनीहरूको भनाइ थियो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंसिर १६ मा पत्रकार सम्मेलन गरेरै कार, जिप भ्यान र १५० सीसीभन्दा माथिका दुईपांग्रे सवारीसाधनको आयात खोल्न माग गरेको थियो । सरकारले आयात प्रतिबन्ध तत्काल फुकुवा नगरे दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उक्त संगठनले दिएको थियो ।

वाणिज्यसम्बन्धी जानकारहरूले पनि सरकारको नीति गलत भएको भन्दै आलोचना गरिरहेका थिए । विलासिताकै सूचीमा रहेका कुनै वस्तुको आयात फुकुवा र कुनैलाई प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश गएको उनीहरूको भनाइ थियो । तस्करी हुने सुपारी, केराउलाई निर्बाध रूपमा आयात गर्न दिइएकामा पनि आलोचना हुँदै आएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर