वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
समानुपातिक मतगणना सकियाे, तीन दिनमा सिट बाँडफाँट हुने
Prabhu Bank AD

काठमाडौं । चार मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक मत सदर भएको छ। सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। २८ लाख ४५ हजार ६४१ मत पाएर एमाले पहिलो बनेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ। सात वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर