वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
नेपालतर्फ क्षति पुग्नेगरी तटबन्ध बनाएपछि महाकाली वारिपारि ढुंगा हानाहान
Prabhu Bank AD

 

काठमाडौं । नेपाललाई क्षति पुग्ने गरी भारतले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको छ।
महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेपछि तनाब उत्पन्न भएको हो ।

यसै क्रममा दुवै देशका नागरिकबीच वारिपारिबाट ढुंगा हानाहानसमेत भएको छ। ढुंगा लागेर दुवैतर्फका केही घाइते भएका छन्। भारतीय पक्षले हानेको ढुंगा लागेर दार्चुलाका प्रेमसिंह कुवर र पुष्करसिंह घाइते भएका छन्। घाइते भारतीय नागरिकको नाम खुलेको छैन।

नेपालतिर क्षति पुग्ने गरी भारतले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काई नदीको धार परिवर्तन गरेको भन्दै स्थानीयले आइतबार दिउँसो नेपाल–भारत जोडेने झोलुंगे पुल अढाई घण्टा तालाबन्दी गरेका छन्। गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ ।

भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको हो। ‘तटबन्ध निर्माणको विषयमा भारतले एकतर्फी गर्न थालेपछि विवाद भएको हो, स्थानीय अमनसिंह बोहराले भने, ‘विगतदेखि नै हामीले नेपालतिर क्षति पुग्ने गरी काम नगरभन्दा पनि भारतले बलमिच्याइँ गरेपछि अवरोध गरेका हौँ।

वारिपारि ढुंगामुढा प्रहार भएपछि दुवैतर्फ तनाव सिर्जना भएको थियो। ढुंगा लागेर नेपालतर्फ तनाव उत्पन्न हुन थालेपछि सुरक्षाकर्मी आएर रोकेका थिए।
पुल बन्द भएर वारिपारि स्थानीय रोकिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो।

स्थलगत अनुगमनमा प्रजिअ उपाध्यायले ‘नेपालतिर क्षति पुग्ने गरी तटबन्ध निर्माणको कार्य नगर्न र आगामी दिनमा सावधानी अपनाउन आग्रह गरे।
‘सीमामा तटबन्ध निर्माण गर्न दुवै पक्षको सहमति आवश्यक हुन्छ। एकातर्फबाट मात्र क्षति हुने गरी काम नगर्ने सहमति भएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर