वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्नु अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम: बृहत् नागरिक आन्दाेलन
Prabhu Bank AD

काठमाडौं । बृहत् नागरिक आन्दोलनले थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचनामा डोजर चलाउन खोज्ने काठमाडौं महानगरको कदमको विरोध गरेको छ ।

मंगलबार साँझ विज्ञप्ति निकालेर नागरिक आन्दोलनले बस्तीमा डोजर चलाउन खोज्नु अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको बताएको छ ।

विज्ञप्तिमा बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकहरूलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजिएको उल्लेख छ । बस्तीका नागरिक राज्यविहीनताको स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,”सकुम्बासी जस्तो संवदेनशील विषयलाई हेर्ने राज्यको दृष्टिकोण अमानवीय र क्रुर देखिनु निन्दनीय छ । संवाद र सहमतिबिना बसोबासको उचित र न्यायिक व्यवस्थाप असम्भव छ भन्ने हाम्रो ठहर छ ।”

Prabhu Bank AD

सम्बन्धित खवर