वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
सम्पूर्ण सरकारी सवारी साधनमा इम्बाेस्ड नम्बर जडान अनिवार्य
Prabhu Bank AD

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।

मन्त्रालयले गत २८ कात्तिकमै यस्तो निर्णय गरेको हो। निर्णय अनुसार सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरूमा आगामी फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड जडान गर्नुपर्नेछ।

यातायात व्यवस्था विभागको वेभसाइटमा गई इम्बोस्ड नम्बर प्लेटका लागि आवे्दन दिन सकिनेछ। नजिकको यातायात व्इवस्था कार्यालयमा गई राजस्व विवरण तिरी प्लेट जडान गर्न सकिने विभागले जनाएको छ।

काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग, मिनभवनमा गइ नम्बर प्लेज जडान गर्न सकिनेछ।

इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी, निकासी, राजस्व छली र आपराधिक गतिविधि नियन्त्रण हुने विभागले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर