वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
विश्वकप फुटबलमा स्पेनकाे ऐतिहासिक जित
Prabhu Bank AD

काठमाडौं । विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित दर्ता गरेको छ। सधैं गोलको खडेरी झेल्दै आएको स्पेनले बुधबार राति कोस्टारिकालाई ७–० ले पराजित गरेको हो।
विश्वकपमा स्पेनको यो अहिलेसम्मकै फराकिलो गोल अन्तरमा जित हो। यसअघि १९९८ मा बुलगेरियासँग ६–१ को जित दर्ता गरेको थियो। तर बुधबार भने कुनै गोल नखाई स्पेनले ७–० को जित दर्ता गर्यो।
पछिल्लो पटक २००६ को विश्वकपमा युक्रेनविरुद्ध ५–० को जित दर्ता गरेपछि स्पेन सधैं गोलको खडेरी झेल्दै आएको थियो।

स्पेन बल बढी खेलाउने तर गोल गर्न नसक्ने टिमका रुपमा परिचित थियो। समूह चरण अन्तरगत पहिलो खेलमा स्पेनका लागि ६ खेलाडीले गोल गरे। खेलको सुरुवातबाटै कोस्टारिकाविरुद्ध स्पेनको प्रभाव देखिएको थियो।

११ औं मिनेटमा डानी ओल्मोको गोलमा खाता खोलेको स्पेनले त्यसपछि लगातार तेस्रो गोल १० मिनेटको फरकमा थप्यो। २१ औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर बनाउँदा तेस्रो गोल पेनाल्टिमार्फत फेरान टोरेसले ३१ औं मिनेटमा गरे।

पहिलो हाफमा ३–० ले अघि बढेको स्पेनले दोस्रोहाफमा थप ४ गोल गर्यो। खेलको ५४ औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल गर्दा ७४ औं मिनेटमा गाभीले अर्को गोल थपे।

यस्तै ५७ औं मिनेटमा पेड्रिको स्थानमा मैदान प्रवेश गरेका कार्लोस सोलेरले आधा दर्जन गोल पुर्याए। त्यसपछि पनि स्पेनको आक्रमण रोकिएन, दुई मिनेटपछि अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।

 

Prabhu Bank AD

सम्बन्धित खवर