वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
सुकुम्बासीहरुकाे साथ पाएपछि प्रकाशमान सिंहले निकाले चाैथाे जित
Prabhu Bank AD

 

काठमाडौँ । १२९ मतले काठमाडौँ-१ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । उनकाे जितमा सुकुम्बासीहरुकाे मत निर्णायक देखिएकाे छ । सुकुम्बासीहरुलाई १० दिने अल्टिमेटमसहित उठिबास लगाउन खाेजेपछि प्रकाशमान सिंहले सुकुम्बासी बस्तीहरुमा गएर ढाडस दिएका थिए र बिना विकल्प सुकुम्बासीहरुलाई उठिबास गर्नु नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनकाे त्याे ढाडसका कारण पनि सुकुम्बासीहरुले ‘आफ्नाे छाप्राे जाेगाउन प्रकाशमानलाई भाेट’ भन्दै अघाेषित अभियान नै चलाएका थिए । सिंहकाे निर्वाचन क्षेत्रमा हजारभन्दा बढी सुकुम्बासीहरुकाे मत रहेकाे छ । अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् । त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल २१३० मत पाएका छन् । सिंहको यो चौथो जित हो । चाैथाे पटक जिताएर संसदमा पठाउन भुमिका खेलेका सुकुम्बासीहरुकाे अधिकारकाे विषयमा सिंहले आवाज उठाउँछन् कि उठाउँदैनन्, त्याे भने हेर्न बाँकी छ ।

Prabhu Bank AD

सम्बन्धित खवर