वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
यसरी प्रयोग गर्दा, खोकी कम गर्न बेसार निकै फाइदाजनक हुन्छ
Prabhu Bank AD

 

 

 

रुघाखोकी, ज्वरो केही यस्ता समस्या हुन् जुन चिसो मौसममा धेरैले सामना गर्नुपर्ने हुन्छ । खासगरी मौसम परिवर्तन हुँदा यस्ता समस्याले मानिसहरूलाई बढी सताउँछ । यो मौसममा मानिसलाई खोकीले पनि विशेष रुपमा सताउने गर्छ । यसबाट छुटकारा पाउन मानिसहरु सामान्यतया डाक्टरसँग सल्लाह गरेर औषधी खाने गर्छन्, यसले समस्या हुँदा आराम त दिन्छ तर घाँटी दुख्ने र खोकी भने बिस्तारै मात्रै कम हुन्छ । यस्तै, यदि तपाईंले खोकीको औषधि धेरै नै खानुभयो भने पनि यसले स्वास्थ्यलाई धेरै नै हानी पुर्याउने गर्छ । अब प्रश्न के उठ्छ भने खोकीबाट छिट्टै राहत पाउन के गर्न सकिन्छ

यस्ता धेरै घरेलु उपाय छन्, जसको सहायताले रुघाखोकीको समस्याबाट छिट्टै राहत पाउन सकिन्छ । जसलाई चिकित्सा विज्ञानले पनि समर्थन गरेको छ । रुघाखोकीबाट छुटकारा पाउनको लागि यस्तै एउटा सामान्य घरेलु उपाय बेसारको प्रयोग हो । बेसारले तपाईंलाई रुघाखोकीको समस्याबाट छिट्टै राहत दिन मद्दत गर्छ । तपाईंले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यस लेखमा हामी तपाईंलाई रुघाखोकीमा बेसारको सेवन गर्ने फाइदा र विधि बताइरहेका छौँ ।

बेसार आयुर्वेदमा यसको औषधीय गुणका लागि परिचित छ । बेसारमा कर्क्युमिन यौगिकहरू छन्, साथै एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसका साथै यसमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण पनि प्रशस्त हुन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउनमा यो निकै फाइदाजनक हुन्छ । यसले घाँटी, छाती र फोक्सो आदिमा हुने सुजनलाई कम गर्न मद्दत गर्छ । साथै घाँटी दुखाई पनि कम गर्छ । रुघाखोकीसँगै कफ आउने समस्यालाई हटाउन पनि यो फाइदाजनक हुन्छ । श्वासप्रश्वासको समस्या, दम र ब्रोन्काइटिस जस्ता समस्यामा पनि यसलाई निकै फाइदाजनक मानिन्छ ।

रुघाखोकीबाट छुटकारा पाउन एक चम्चा महमा एक चिम्टी बेसारको धुलो मिसाएर दिनको २–३ पटक सेवन गर्न सकिन्छ । यस मिश्रणमा कालो मरिचको धूलो मिसाएर खाँदा पनि खोकीको समस्याबाट छिट्टै आराम मिल्छ ।

यसका साथै तातो दुधमा बेसार र कालो मरिच उमालेर, मह मिसाएर पनि सेवन गर्न सकिन्छ, राती सुत्नुअघि यसो गर्नुहोस् । तर यदि तपाईंलाई रुघाखोकी लागेको छ भने बेसार, कालो मरिच पानीमा उमालेर त्यसमा मह मिसाएर पानी पिउनुपर्छ । यदि तपार्इं चाहनुहुन्छ भने, तपार्इं हर्बल चियामा बेसार, कालो मरिच र मह मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । दिनमा २–३ पटक पिउनाले धेरै फाइदा हुन्छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर