वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
सिरहा र राैतहटकाे मतदान केन्द्रमा गाेली चल्याे, मतदान स्थथित
Prabhu Bank AD

काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ । सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुवै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ । उता मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिए ।
मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्काललाई मतदान स्थगित भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर