वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन
Prabhu Bank AD

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्था मृत अवस्थामा भेटिएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, धनकुटाको साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको शुक्रबार उपचारका क्रममा निधन निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार शोक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्‍न सरकार मार्फत सम्बद्ध सबै निकायलाई पनि आग्रह गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर