वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
अव्यवस्थित बसोबासी, भूमिहीनको वर्ग छुट्याएर व्यवस्थापन गरिन्छ : सिंह
Prabhu Bank AD

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-१ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले भूमिहीन, सुकुम्बासीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा क्रममा बुधबार उनले सरकारको नीतिअनुसार मानवतालाई ध्यान दिएर भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गरिने बताए।

उनले भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापनका लागि भूमि आयोग गठन भएर काम शुरू गरेको उल्लेख गर्दै रिपोर्ट आएपछि सर्वपक्षीय छलफल गरेर निचोड निकालिने बताए। उनले अव्यवस्थित बसोबासी, भूमिहीनको वर्ग छुट्याएर व्यवस्थापन गर्ने तयारी भइरहेको पनि सुनाए।

“प्रतिवेदन आइसकेपछि सरकार, प्रतिवेदन बनाउने भूमि आयोगको समिति, जनप्रतिनिधि र स्थानीय समुदायसँग सम्बन्धित सरोकारवालालाई राखेर के गर्दा राम्रो हुन्छ, ‘विनविन सिचुयसन’ के हुन्छ, सरकारलाई पनि के सजिलो हुन्छ र सरकारी नीतिहरू हेरी मानवतालाई ध्यान दिएर उचित उपाय निकालिने छ,” उनले भने।

Prabhu Bank AD

सम्बन्धित खवर