वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
प्रचण्ड, बाबुराम, ओली र माधव नेपाल सच्चा कम्युनिस्ट होइनन् : बिजुक्छे
Prabhu Bank AD

काठमाण्डौं, ८ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिस्ट नभएको टिप्पणी गरेका छन्। आज मङ्गलवार प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष बिजुक्क्षेले उनीहरु सरकारमा जाँदा कम्युनिस्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उनीहरुलाई कम्युनिस्टको दर्जा दिन नहुने जिकिर गरे। उनले भने, ‘कम्युनिस्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरूले सरकारमा गएपछि उत्पादनलाई सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा सबै जनतालाई समान अवसर दिने, योग्यताअनुसारको काम दिने, जमिन जोत्नेको बनाउनका लागि काम गर्थे तर तिनीहरूले केही पनि गरेनन् । नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो र उहाँले त कम्युनिस्ट अब खत्तम, समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिस्ट हुन्छ रु म कम्युनिस्ट होइन पनि भन्नु भो । त्यस कारण त्यस्ता कम्युनिस्टलाई हामीले कम्युनिस्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरूले पनि कम्युनिस्टले गर्ने कामहरू गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्क्षेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताए । उनले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेहरी आउने सङ्केत भएजस्तै चुनावमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने जिकिर पनि गरे। राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् तथा अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरूको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने उनको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै चुनावमा आएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहर पानीमा नुहाएर सफा हुन नसकिने भनी टिप्पणी गरे । उनले गठबन्धनका दलहरूले झुटा कुरा गरेर, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भए पनि मत लिनेमात्रै भएको जिकिर गरे । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरू गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरूको रहेको उको भनाइ छ ।

उनले भने , ‘हामी दुई, चार मत ल्याउने उद्देश्य भन्दा पनि चुनावलाई जनताको बीचमा, देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनका निम्ति प्रयोग गर्दैछौँ । यदि हामीहरू उनीहरूसँगै भएको भएदेखि फोहर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ ।’

Prabhu Bank AD

सम्बन्धित खवर