वि.सं.२०८३ वैशाख १६ बुधवार
Dish Home Long Ad
डेंगीका कारण हालसम्म ५२ जनाको मृत्यु, संक्रमितको संख्या ४३ हजार ६८५
Prabhu Bank AD

काठमाडौं । डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं  उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर