वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
राज्यको लापरबाहीका कारण सुकुम्बासी बन्नु परेको भन्दै ज्यामगुरुङका ३५ सय घरधुरीको निर्वाचन बहिस्कार गर्ने घोषणा
Prabhu Bank AD

काठमाडौं । श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘यो भनेको ३५ सय घरधुरीको बगिरहेको आँशु हो । हाम्रो समस्या समाधानको लागि पत्रकारहरुको ठूलो हात हुनेछ । हामी दिनप्रतिदिन त्यसै संघर्षमा उत्रिएका होइनौं । सबै निकाय धाएका छौं । तर कतैबाट समस्या समाधान नभएकोले यो निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं ।’

कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिका वडा–११ अध्यक्ष तथा सोही वडाका कांग्रेसका सभापति रामबहादुर श्रेष्ठले आफ्नो वडाका सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयको रोहबरमा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाए । उनले उक्त निर्णय सर्वसम्म्त रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा सो क्षेत्रमा क्रियाशील नेकपा (माओवादी केन्द्र) की प्रदेश कमिटी सदस्य सरला धमलाले पनि समितिले अघि सारेको माग र गरेको निर्णयमा ऐक्यबद्धता जनाएकी छिन् । त्यस्तै, सोही क्षेत्रमा सक्रिय नेकपा ९एमाले० वडा ईन्चार्ज केदार लम्सालले पनि समितिको निर्णयको ऐक्यबद्धता जनाएका छन् । राप्रपाका प्रतिनिधि नमराज धमलाले राज्यको लापरवाहीको कारण आफूहरु सुकुम्बासी बन्नुपरेको सुनाए ।

Prabhu Bank AD

सम्बन्धित खवर