वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
दल र उम्मेदवारलाई आयोगले भन्यो– २५ जनाभन्दा बढीको जुलुश ननिकाल्नू
Prabhu Bank AD

काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचन प्रचार प्रसारका क्रममा २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाउने बताएको छ। बुधबार सात बुँदे निर्देशन जारी गर्दै आयोगले चुनाव प्रचार प्रसार गर्दा २५ जना भन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने स्पष्ट पारेको छ।

सो निर्देशनमा २५ जनाभन्दा बढीको जुलुश तथा झाँकी प्रदर्शन गर्न, दल वा उम्मेदवारहरुले सार्वजनिक स्थान, पोलहरुमा झण्डा टाँग्न र पोस्टर टाँस्न, बहालवाला मन्त्री तथा स्थानीय तहका पदाधिकारीले चुनाव प्रचार गर्न नपाइने उल्लेख छ। यस्तै, आयोगले तोकेको सवारी साधन मात्र प्रयोग गर्न तथा निर्धारित सीमाभित्र खर्च गर्न निर्देशन दिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर