काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु भएको छ। यो सम्मेलनले सीबाहेक शीर्ष नेतृत्वमा व्यापक परिवर्तन गर्नेछ। त्यसैले यसलाई विश्वभर चासोका साथ हेरिँदैछ।
६९ वर्षीय सी भने तेस्रो कार्यकालका लागि पुनः चयन हुने निश्चितप्राय मानिएको छ। सम्मेलनको सुरुवात गर्दै सीले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन्। जसमा उनले गएका पाँच वर्षका प्रमुख उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी पाँच वर्षको कार्यदिशा अघि सारेका छन्।
यो सम्मेलनमा २ हजार २९६ प्रतिनिधि सहभागी छन्। जसले तीन सयभन्दा धेरै नयाँ केन्द्रीय सदस्य चुन्नेछन्।
सम्मेलनमा पूर्वनेताहरु चियाङ चेमिन र चु रोङ्ची उपस्थित भएका छैनन्। ९६ वर्षीय चियाङ पूर्वराष्ट्रपति हुन् भने ९३ वर्षीय चु पूर्वप्रधानमन्त्री। तर, १०५ वर्षीय सोङ पिङ उपस्थित छन्। उनी जीवितमध्ये सबैभन्दा वरिष्ठ स्थायी समिति सदस्य हुन्।
पूर्वराष्ट्रपति हु चिन्ताओ पनि सीसँगै ग्रेट हल अफ द पिपुलमा देखिएका छन्

