वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
एकै दिन भेटे चिनियाँ र भारती राजदुतले गृहमन्त्री खाँणलाई
Prabhu Bank AD

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीतिप्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’
मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छन् । राजदूत यान्छी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै छिन् । उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण गरेका थिए ।
राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीमा चिन फर्किन लागेकोमा मन्त्री खाणले शुभकामना दिएका छन् ।
राजदूत यान्छीसँगकाे भेट लगत्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीसँग भेट गर्न राजदूत श्रीवास्तव बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए ।
गृहमन्त्री र भारतीय राजदूतबीचको भेटमा नेपाल-भारतको आपसी सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार राजदूत श्रीवास्तवले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई शुभकामना दिएका थिए ।
गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताएका थिए । नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास गृहमन्त्रीले व्यक्त गरेका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय