वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
प्रतिनिधिसभातर्फ २४१२, प्रदेशसभातर्फ ३२२४ उम्मेदवारहरु चुनावी मैदानमा
Prabhu Bank AD

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्ने म्याद बुधबार दिउँसो १ बजे सकिएको छ। निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रदेश र प्रतिनिधिसभातर्फ झन्डै ४ सयजनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ मात्रै ११९ जनाले फिर्ता लिएका छन्। पौडैलका अनुसार प्रदेशसभातर्फ पनि २५७ उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण देशभरबाट आएको छ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २४१२ उम्मेदवारी परेको थियो। जसमा पुरुष २१८७ र महिला २२५ जना रहेका छन्। अर्कातिर प्रदेशसभातर्फ ३२२४ उम्मेदवारी परेको छ। जसमा पुरुष २९४३ र महिला महिला २८० जना छन्। त्यस्तै एकजना अन्यको पनि उम्मेदवारी प्रदेशमा परेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर