वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
चन्दादाताहरुलाई पनि संसदवादी दलहरुले बनाए उम्मेदवार
Prabhu Bank AD

काठमाडौं । पार्टीका चन्दादाताको रुपमा रहेका उद्योगी व्यवसायीलाई संसदवादी पार्टीहरुले उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलबाट व्यवसायीहरूले उमेदवारी दिएका छन् । उमेदवारी दिनेमा पर्यटन व्यवसायी, उद्योगी, निर्माण व्यवसायी, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय क्षेत्रका व्यवसायीले उमेदवारी दिएका छन् ।

कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, कान्छामान तामाङ, मोहन आचार्यलगायतले टिकट पाएका छन् । त्यसैगरी एमालेबाट झपट बोहरा, लालप्रसाद ९एलपी० साँवा लिम्बू, बालकृष्ण सिवाकोटीले टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विक्रम पाण्डेले टिकट पाएका छन् । उनले चितवन क्षेत्र नं ३ बाट टिकट पाएका हुन् । उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए । उनी निर्माण व्यवसायी हुन् ।

एकीकृत समाजवादीको तर्फबाट व्यवसायी किसान श्रेष्ठले टिकट पाएका छन् । उनी होटेल व्यवसायी हुन् । जनता समाजवादी पार्टीबाट डा. वीरेन्द्र महतोले टिकट पाएका छन् । उनले सिराहा क्षेत्र नं. ४ बाट उमेदवारी दिएका छन् । उनीले हस्पिटल, बैंक तथा वित्तीय संस्था र जलविद्युत् क्षेत्रका लगानीकर्ता हुन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर