वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
बैंकहरु भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल

काठमाडौं । निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् ।
नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार भदौ महिनामा २६ वटा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो महिना अर्थात् साउन महिनामा बैंकहरुले निक्षेप गुमाउँदै कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेका थिए ।

उसो त यता निक्षेप बढेसँगै बैंकहरुले समीक्षा अवधिमा कर्जा लगानी समेत बढाएका छन् । बैंकर्स संघका अनुसार अघिल्लो महिना अर्थात् साउन मसान्तसम्म जम्मा ४१ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको अन्तसम्ममा १३ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९० अर्ब लगानी गरेका छन् ।

सम्बन्धित खवर