वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुका राष्ट्रनायक परिषद्को २२ औँ सम्मेलन सम्पन्न
Prabhu Bank AD

बेइजिङ । समरकन्द शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुका राष्ट्रनायक परिषद्को २२ औँ सम्मेलन १६ समरकन्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको छ ।
शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुका नेताहरूले ‘शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुक राष्ट्रप्रमुख परिषद्को समरकन्द घोषणा पत्र’ मा हस्ताक्षर गरी त्यसलाई प्रकाशित गरेका छन् । सम्मेलनले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा सुरक्षाको संरक्षण, जलवायु परिवर्तनको सामना, आपूर्ति लाइनको सुरक्षा र स्थिरताको संरक्षणसम्बन्धी अनेकन् वक्तव्य र दस्तावेज पनि प्रकाशित गरेको छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनलाई ‘युगको प्रवाह समातौँ, एकता र सहयोगलाई सबल पारौँ, उज्ज्वल भविष्यको संयुक्त रूपमा सिर्जना गरौँ शीर्षकमा सम्बोधन गर्नुभयो ।
नयाँ स्थितिमा अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा महत्वपूर्ण रचनात्मक शक्तिको रूपमा शाङ्हाई सहयोग सङ्गठनले निरन्तर रूपमा आपसी एकता र सहयोगलाई सबल पारी शाङ्हाई सहयोग सङ्गठनको अरु घनिष्ठ साझा भाग्य समुदायको निर्माण गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो ।
राष्ट्राध्यक्ष सीले निम्न कार्यहरूलाई सक्रियता पूर्वक अघि बढाउन आफ्नो तर्फबाट सुझाव दिनुभयो । पहिलो, आपसी समर्थनलाई बढाइनुपर्छ । दोस्रो, सुरक्षा सम्बन्धी सहयोगको विस्तार गरिनुपर्छ । तेस्रो, व्यावहारिक सहयोगलाई गहन पारिनुपर्छ । चौथो, मानवीय आदान–प्रदानलाई मजबुत पारिनुपर्छ । र पाँचौँ, बहुपक्षीयवाद जारी राखिनुपर्छ । संयुक्त राष्ट्र सङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय ऐनमा आधारित अन्तर्राष्ट्रिय अनुशासनको दृढताका साथ संरक्षण गरी सम्पूर्ण मानव जातिको साझा मूल्यको प्रचारप्रसार गरिनुपर्छ ।
शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुकहरूका राष्ट्रनायकस्तरीय परिषदको बाइसौँ सम्मेलनको ‘साइड लाइन’ वार्ता अर्थात् सानो परिधि वार्तामा सहभागी हुनुभएको छ ।
उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले सो सम्मेलनको अध्यक्षता गर्नुभयो । शाङ्हाई सहयोग सङ्गठनका सदस्य मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभ, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ, ताजकिस्तानका राष्ट्रपति एमोमालि राहमोन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शाहबाज शरिफ सो सम्मेलनमा सहभागी हुनुभयो । उहाँहरूले शाङ्हाई सहयोग सङ्गठनको विकास र क्षेत्रीय राजनीतिक तथा आर्थिक स्थितिसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाहरूबारे वैचारिक आदान–प्रदान गर्नुभयो ।

Prabhu Bank AD

सम्बन्धित खवर