वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
२२ टन राहत सामग्री लिएर कराची जाँदै वाइडबडी
Prabhu Bank AD

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी २२ टन राहत सामग्री लिएर पाकिस्तानको कराची जाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार मंगलबार बिहान ११ बजे आरए-२१७२ उडान नम्बरको वाइडबडी विमान काठमाडौंबाट राहत सामग्री लिई कराची जाने छ ।
उक्त उडानमा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा ६ जना कर्मचारी, ५ जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी र निगमका एक कर्मचारीसहित १३ जना यात्रु छन् ।
उक्त विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाडौं फर्किने मन्त्रालयले जनाएको छ । काठमाडौं-कराची एकतर्फी उडान समय पौने तीन घन्टा हाराहारीको रहेको छ ।
मन्त्रिपरिषद्ले अघिल्लो मंगलबार पाकिस्तानमा आएको विनाशकारी बाढीमा नेपालको तर्फबाट राहत सामग्री पठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर गरेको हो । निगमले यस उडानमा पाकिस्तानमा तिर्नुपर्ने ओभर फ्लाइङ, ल्यान्डिङ, पार्किङ, न्याभिगेसन, ग्राउन्ड ह्यान्डलिङलगायतमा लाग्ने शुल्क मिनाहा गराइदिन मन्त्रालयमार्फत् अनुरोध गरेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर