वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
सत्ता गठबन्धनको बैठक बस्दै
Prabhu Bank AD

 

 

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरूको बैठक शुक्रबार बस्दैछ । आगामी निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्न लागेको हो । यसअघि दिउँसो ३ बजे नै बैठक बस्ने तयारी भए पनि नेताहरू काठमाडौं बाहिर भएका कारण बैठक ढिलो गरी बस्न लागेको बताइएको छ ।
सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
शुक्रबार प्रधानमन्त्री देउवा बीपी जयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन गएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पोखरा थिए भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट पुगेका थिए । शीर्ष नेताहरू सबै काठमाडौंबाहिर भएका कारण ३ बजेका लागि बोलाइएको बैठक साँझ मात्रै बस्न लागेको हो ।

गठबन्धनले सिट बाँडफाँट गर्न नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले लामो समयसम्म छलफल गरे पनि त्यसबारे सहमति जुटाउन सकेको छैन ।

कार्यदलमा करिब ९० सिटमा मात्रै समझदारी बनेपछि बाँकी सिट कुन दलले लिने भन्ने विषयमा शीर्ष नेताहरूबीचमै छलफल चलिरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर