वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
काठमाडौं महानगरभित्र नक्सा पास नगरी बनाइएका भवनकाे नक्सा ९० दिनभित्र पेश अल्टिमेटम
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले नक्सा पास नगरि बनाइएका भवनलाई ९० दिनभित्र नक्सा पेस गर्न निर्देशन दिएको हो।

‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न निर्देशन दिइन्छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ।
काठमाडौं महानगरपालिका नगर सभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एने, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

‘अतः काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न सम्बद्ध सबै ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर