वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
कालाकार पल शाह (पूर्वाविक्रम शाह)ले पाए बलात्कार मुद्दामा सफाइ
Prabhu Bank AD

 

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कालाकार पल शाह (पूर्वाविक्रम शाह)ले बलात्कार मुद्दामा सफाइ पाएका छन्।

बलात्कार आरोपमा तनुहँ र नवलपुर अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो। मंगलबार भने नवलपुर अदालतले मुद्दाको फैसला गर्दै उनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

बलात्कार मुद्दामा सफाइ पाए पनि उनले साढे दुई वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाह बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्ष कैद हुने फैसला गरेको हो। उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ।

यस्तै अदालतले फैसला गर्दै पीडित बालिकालाई पल शाहका तर्फबाट १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ।

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए।

तनहुँमा बलात्कार कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमासमेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो।

दुवै घटनाको पीडित एउटै नाबालिग थिइन्। १६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर