वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
मानार्थ महारथीको पदवी लिन भारतीय सेना प्रमुख मनोज पाँडे आइपुगे काठमाडौं
Prabhu Bank AD

काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज पाँडे आइतबार अपरान्ह काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका रथी बालकृष्ण कार्कीले पाँडे नेतृत्वको भारतीय सैन्य प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा स्वागत गरे।

नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आएका हुन्। एक विशेष समारोहबीच भोलि सोमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पर्सि मंगलबार शिष्टाचार भेटघाट गर्नेछन्।

पाँच सदस्यीय भ्रमणटोलीका साथ भारतीय सेनापति नेपाल आएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।


नेपाली समकक्षी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँडे काठमाडौ आएका हुन्। भदौ २३ सम्म यहाँ रहँदा पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसअघि गत महिना नेपाली सेनाले भारतसँग दुईवटा हेलिकोप्टर अनुदानमा मागेको थियो। तर भारतीय सेनाप्रमुखले भ्रमणमा उक्त अनुदान घोषणा गर्ने संभावना नरहेको सैनिक अधिकारीहरुको भनाई छ।

भारतीय प्रधानसेनापति पाँडे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर