वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
निर्वाचनमा ७६ वटा दलले ६८ वटा चुनाव चिह्नबाट भाग लिने
Prabhu Bank AD

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ वटा दलले ६८ वटा चुनाव चिह्नबाट भाग लिनेछन्। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलबाट ६८ वटा निवेदन परेको निर्वाचन आयोगले बताएको हो।

प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन, गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० निवेदन परेका छन्।

आयोगले दलको दर्ता नम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ।

मीननाथ देवकोटा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जारा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न बाघबाट चुनाव लड्नेछन्। यस्तै, नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रकै चुनाव चिह्न गोलाकारभित्र हँसिया र हथौडामा चुनाव लड्नेछन्।

सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीले गितार चुनाव चिह्नमा संयुक्त चुनाव लड्नेछन्। नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टीले काखमा बच्चा बोकेकी आमाको चुनाव चिह्नबाट संयुक्त चुनाव लड्ने आयोगले बताएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर