वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
देश आर्थिक रुपमा टाट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न मेयर हर्क साम्पाङकाे आह्वान
Prabhu Bank AD

 

 

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश आर्थिक रुपमा टाट पल्टन लागेको भन्दै सबैलाई श्रम गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय हुने साम्पाङले कुरा बुझ्न केही समय लाग्ने भएपनि पछि पछुतो नहुने दाबी गरेका छन्।

पुँजीगत भन्दा चालुतिर खर्च बढेको भन्दै साम्पाङले चिन्ता ब्यक्त गरेका छन्।

‘देश आर्थिक रुपले टाट पल्टन लागेको देख्दैछु! पुँजीगत भन्दा चालुतिर खर्च बढेको छ,’ मेयर साम्पाङले भनेका छन्, ‘त्यसैलाई घटाउन र देशलाई बचाउन अब सबैले श्रम गरौं। मेरो कुरा बुझ्न समय लाग्छ तर पछि पछुतो हुने नै छ!’

Prabhu Bank AD

सम्बन्धित खवर