वि.सं.२०८३ असोज ६ मंगलवार
Dish Home Long Ad
स्थानिय सरकारले बजाएको बासुरीको धुनमा रुन्टीगढी काङ्ग्रेस नाच्दैनः सभापति पुन

रोल्पा, ७ मंसिर
नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले स्थानीय सरकारले बजाएको बासुरीम आफुहरु ननाच्ने बताएका छन्।आइतबार रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति पुनले स्थानिय सरकारलाई यस्तो चुनौती दिएका हुन्।यस अघि गत असोज १९ गते स्थानिय सरकारले अहिलेसम्म गरेको खर्च विवरण सहित नेपाली काङ्ग्रेस रुन्टीगढीले गाउँपालिकाले १५ दिने अल्टिमेटम सहित २१ बुदे मागपत्र समेत गाउँपालिकामा बुझाएको थियो।मागपत्रलाई बेवास्ता गरेको भन्दै कार्तिक २१ गते पुनः काङ्ग्रेसले बिरोध स्वरुप होलेरीमा आन्दोलन गरेको थियो।स्थानिय तह सञ्चालन ऐन दफा १० को उपदफा ७६ को ४ बमोजिम प्रत्येक महिनाको ७ गते भित्र स्थानिय सरकारले हिसाबकिताब पारदर्शीताका लागि सार्बजनिक सुनुवाइ गर्नुपर्ने बाध्यकारी प्राबधान संविधानमै उल्लेख गरिएतापनि रुन्टीगढी गाउँपालिकाले जनहित बिपरित मनपरि गरेको भन्दै सभापति पुनले कार्यक्रममा आक्रोश व्यक्त गरेका थिए।आफुहरुको दबाबपछि स्थानिय सरकारले बाध्यकारी बनेर सार्बजनिक सुनुवाइ गरेको र काङ्ग्रेसले मागे अनुसारका सबै हिसाबकिताब नदिएर पन्छिन खोजेको उनको भनाई रहेछ।पारदर्शीताका लागी स्थानिय सरकारले सबै खाले हिसाबकिताब सार्बजनिक नगरे स्थानिय सरकारले बजाएको बासुरीको धुनमा आफुहरु ननाच्ने र घुडा टेकाएर छोड्ने खुला चेतावनी समेत दिएका छन्।

सम्बन्धित खवर