वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
काठमाडौं महानगरपालिकाको यस्तो छ इन्द्रजात्रा मनाउने तयारी (समय तालिकासहित)
Prabhu Bank AD

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई व्यवस्थित रुपमा मनाउनका लागि सबै वडाहरुलाई सर्कुलर जारी गरेको छ । र, जात्रा व्यवस्थापनका लागि कार्यविभाजनसहितको समयतालिका समेत सार्वजनिक गरेको छ । महानगरपालिकाको वेभसाइटमार्फत् प्रमुख, उपप्रमुखसहित कर्मचारीहरुको कार्यविभाजन गरिएको छ ।

प्रमुखले विदेशी पाहुनाहरुलाई निमन्त्रणा गर्ने, उपप्रमुखले स्वागतको प्रबन्ध मिलाउने र अन्य कर्मचारीहरुले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न कामहरुको बाँडफाँड गरिएको छ । सेप्टेम्बर ९ हुने इन्द्रजात्राका लागि महानगरले कार्यविभाजनसहितको समय तालिका सार्वजनिक गरेको हो ।

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो ९ध्वजा० स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।ृ१े सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो (ध्वजा० ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

Program-Schedule (1)

कार्य-विभाजन

Prabhu Bank AD

सम्बन्धित खवर