वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
शंकर ग्रुपको जगदम्बा स्टिलको व्यापार सबैभन्दा उच्च
Prabhu Bank AD

 

साउन २३ , काठमाडौँ । स्टिल उद्योगमा शंकर ग्रुपको एकलौटी बजार हिस्सा देखिएको छ। शंकर ग्रुपको जगदम्बा स्टिलको व्यापार सबैभन्दा उच्च देखिएको हो।

ग्रुपको जगदम्बा स्टिल प्रालिले ६ महिनामै २१ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। २०७८ को साउनदेखि पुससम्म मात्रै कम्पनीले २१ अर्ब ६६ करोड रुपैयाँको आम्दानी गरेको छ।

शंकर ग्रुपले आर्थिक वर्ष २०७७र०७८ मा २९ अर्ब ५५ करोड रुपैयाँको सञ्चालन आय गरेको छ। कम्पनीको कारोबार बढ्दा नाफा पनि बढेको छ। पुस मसान्तसम्मको तथ्यांकले जगदम्बा स्टिलको ब्याज र करबाहेकको नाफा १३।२१ प्रतिशत देखाएको छ।

आर्थिक वर्ष २०७५र०७६ मा ३५ अर्ब ८७ करोड रुपैयाँ आम्दानी रहेकोमा २ वर्ष कारोबार घटेको थियो। २०७६र०७७ मा २१ अर्ब रुपैयाँ मात्रै सञ्चालन आय छ। जबकि अहिले ६ महिनामा त्योभन्दा बढी आम्दानी गरेको छ। कम्पनीले ३४ अर्ब रुपैयाँसम्मको ऋण लिनसक्ने क्षमता देखिएको छ।

नेपालको सबैभन्दा ठूलो उद्योग जगदम्बा स्टिलको वार्षिक क्षमता २४ लाख ४४ हजार वार्षिक उत्पादन क्षमता छ। जगदम्बा १९९३ मा सिमरामा स्थापना भएको थियो।

सिद्धिलक्ष्मी स्टिल
लक्ष्मी ग्रुपको लगानी रहेको सिद्धिलक्ष्मी स्टिलले २०७७र०७८ मा ३ अर्ब ६३ करोड रुपैयाँ सञ्चालन आय गरेको छ। २०७६र०७७ मा घाटामा रहेको कम्पनीले अर्को वर्ष सञ्चालन आम्दानीसँगै कारोबार बढेको हो।

०७६र०७७ मा १ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्दा कम्पनीलाई ब्याज र करभन्दा अघि नै ०।५ प्रतिशत घाटा थियो। ०७७र०७८ कर र ब्याजअघिको नाफा ६।८ प्रतिशतले बढेको छ।

कम्पनीले टीएमटी स्टिल बार उत्पादन गर्दै आएको छ। नवलपरासीको रामग्राममा स्थापना भएको कम्पनीले २०१९ अक्टुबरबाट उत्पादन थालेको थियो। कम्पनीको व्यवसाय गणेश बहादुर श्रेष्ठसँगै उनका छोरा अन्जान श्रेष्ठ, निराकर श्रेष्ठ र निरञ्जन श्रेष्ठले हेरिरहेका छन्।

पञ्चकन्या स्टिल
पञ्चकन्या ग्रुपले कारोबार बढाए पनि नाफा घटेको छ। पञ्चकन्या स्टिलले २०७७र०७८ मा ५ अर्ब ५३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा २०७६र०७७ मा ३ अर्ब २६ करोड रुपैयाँ छ।

सन् १९९५ मा स्थापना भएको कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन छ। २०७५र०७६ मा ४ अर्ब ५७ करोड रुपैयाँको वार्षिक सञ्चालन आय रहेको कम्पनीको नाफा २०७७र०७८ मा ३।९७ प्रतिशत छ। भैरहवामा रहेको उद्योगका प्रबन्धनिर्देशक प्रदिप कुमार श्रेष्ठ रहेका छन्।

अशोक स्टिल
अशोक स्टिलले १ वर्षमा साढे ४ अर्ब रुपैयाँको सञ्चालन आम्दानी छ। अघिल्लो वर्षको तुलनामा नाफाको प्रतिशत घटे पनि कारोबार दोब्बरले बढेको हो। बारामा रहेको उद्योगले वार्षिक १ लाख मेट्रिक टन टीएमटी छड उत्पादन क्षमता छ। कम्पनीले २०७६र०७७ मा २ अर्ब २६ करोडको सञ्चालन आम्दानी गरेकोमा २०७७र०७८ मा ४ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो।

कम्पनीले एमएस बिलेट उत्पादन पनि सुरु गरेको छ। कम्पनीका अध्यक्ष पुनम चन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीले २०७५र०७६ मा ३ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आय रहेको थियो।

अम्बे स्टिल
अम्बे ग्रुपको मुख्य लगानी रहेको अम्बे स्टिलको आर्थिक २०२० मा ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि सन् २०१९ मा ८ अर्ब ८१ करोड रुपैयाँ थियो। अम्बे स्टिलमा ३ वटा व्यवसायीको लगानी छ।

अम्बे ग्रुपका शोभाकर न्यौपानेको ६० प्रतिशत, रमेश कुमार अग्रवाल र साज्जन कुमार अग्रवालको २५ प्रतिशत रहेको छ भने १५ प्रतिशत पूर्ण बहादुर पौडेलको १५ प्रतिशत लगानी गरेको छ। कम्पनीको ताजा तथ्यांक सार्वजनिक भएको छैन।

विशाल ग्रुपको लगानी रहेका कम्पनीले २०७६र०७७ मा २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले २०७५र०७६ मा २ अर्ब ५७ करोडको कारोबार गरेको थियो। वार्षिक ६० हजार टीएमटी छड उत्पादन र २० हजार वायर उत्पादन गर्ने क्षमता छ। निकुज अग्रवाल कम्पनीका प्रबन्धनिर्देशक छन्।

भगवती स्टिल
एमएस ग्रुपको लगानी रहेको भगवती स्टिलको वार्षिक सञ्चालन आम्दानी ३ अर्ब २२ करोड रुपैयाँ छ। कम्पनीको सञ्चालन आम्दानी वार्षिक रुपमा घट्दै गरेको छ। आर्थिक वर्ष २०७५र०७६ मा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चालन आय रहेकोमा २०७७र०७८ मा ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

२०७६र०७७ मा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको थियो। कम्पनीको कारोबार घटे पनि ब्याज र करबाहेकको नाफा भने बढेर १३।३१ प्रतिशत छ।

नारायणी रोलिङ
केएल ग्रुपको नारायणी रोलिङ मिल प्रा।लिको १ वर्षमा करिब ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ। टीएमटी बार एगललगायतको उत्पादन गर्दै आएको कम्पनीले २०७७र०७८ मा २ अर्ब ९७ करोड सञ्चालन आय गरेको छ। २०७६र०७७ मा २ अर्ब ७९ करोड रुपैयाँको सञ्चालन आय रहेको कम्पनीको २०७५र०७६ मा ३ अर्ब ५८ करोड रुपैयाँ थियो।

कम्पनीको नाफा ५।५९ प्रतिशत छ। त्यस्तै, श्री कृष्ण स्टिलले १ वर्षमा १ अर्ब ६१ करोड रुपैयाँको सञ्चालन आय गरेको छ। श्री कृष्ण स्टिल उद्योगले १९९५ मा पाइप, सिट, सटरपत्ती बनाउन स्थापना भएको थियो। कम्पनीको २०७५र०७६ मा ३ अर्ब १६ करोड रुपैयाँको कारोबार गरेकोमा २०७६र०७७ मा १ अर्ब ६८ करोड रुपैयाँको आम्दानी गर्‍यो। २०७७र०७८ मा कम्पनीको सञ्चालन आम्दानी घटेको भए पनि ब्याज र करअघिको नाफा बढेर ९।७१ प्रतिशत पुगेको छ।

नारायणयी स्टिल
केएल ग्रुपकै नारायणयी स्टिल प्रालिले १ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ। उद्योग सञ्चालनबाट आर्थिक वर्ष २०७७र०७८ मा १ अर्ब ६५ करोड, २०७६र०७७ मा १ अर्ब ३३ करोड र २०७५र०७६ मा १ अर्ब २७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले २०१८ बाट वायर, नेल र अरु स्टिल प्रोडक्ट उत्पादन गर्दै आएको छ।

साखः टीएमटी
बारामा प्लान्ट रहेको साखः स्टिलले १ वर्षमा ८६ करोड रुपैयाँबराबरको मात्रै सञ्चालन आम्दानी गरेको छ। कम्पनीको पछिल्ला २ वर्षमा आम्दानी घटेको छ। आर्थिक वर्ष २०७७र०७८ मा ८६ करोड रुपैयाँ, २०७६र०७७ को ७२ करोडको सञ्चालन आम्दानी रहेको छ। २०७५र०७६ मा १ अर्ब ६ करोडको आम्दानी गरेको छ।

साखः ग्रुपको लगानी रहेको कम्पनीले साखः टीएमटी ब्रान्डमा उत्पादन गरिरहेको कम्पनीको वार्षिक ७२ हजार मेट्रिक टन उत्पादन क्षमता छ। ब्याज र करअघिको नाफा ४।४५ प्रतिशत छ।

गोदावरी स्टिल
गोदावरी स्टिलले ३ अर्ब ३ करोडको सञ्चालन आम्दानी गरेको छ। २०१९ देखि सञ्चालनमा आएको दैनिक ६०० मेट्रिक टन क्षमता छ। ब्याज र करबाहेकको नाफा ९।६२ प्रतिशत छ।

२०७६र०७७ को १ अर्ब ४६ करोड रुपैयाँ कम्पनीको सञ्चालन आम्दानी छ। रौतहटमा रहेको उद्योगका प्रवर्द्धक मुन्ना प्रसाद बानियाँ कार्यकारी निर्देशक हुन्। गोदावरी स्टिल प्रा।लिले टीएमटी र प्लेन स्टिल बार उत्पादन गर्दै आएको छ।

कमला रोलिङ
विराटनगरमा रहेको कमला रोलिङ मिल्स प्रालिले २०७७र०७८ मा २ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आम्दानीसँगै नाफा पनि बढाएको छ। टीएमटी बार उत्पादनको लागि सन् १९९१ मा स्थापना भएको थियो।

सिद्धिविनायक स्टिल
गोयन्का ग्रुपको लगानी रहेको सिद्धिविनायक स्टिल प्रा।लिको नाफा एकदमै उच्च छ। कर र ब्याजअघिको नाफा १८।२६ प्रतिशत छ।

२०७६र०७७ मा ४।१८ प्रतिशत नाफा थियो। २०७७र०७८ मा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने २०७६र०७७ मा ९४ करोड रुपैयाँ छ।
वार्षिक ७३ हजार मेट्रिक टन क्षमता रहेको कम्पनीले २०१८ बाट उत्पादन थालेको थियो। कम्पनीले ब्लाक पाइप्सलगायतका प्रोडक्ट उत्पादन गरिरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर