वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
इन्धनको मूल्य घटाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराए
Prabhu Bank AD

 

काठमाडौं । सांसदहरूले इन्धनको मूल्य तत्काल समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसक्दा पनि नेपालमा नघटाइएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले भारतबाट मूल्य दुईपटक मूल्य घटेर आइसक्दा पनि यहाँ मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराए ।

सांसद दिलकुमारी रावल थापा, दीपा गुरुङ, खिमलाल देवकोटा, गोमादेवी तिमल्सिनालगायतले सून्य समयमा विभिन्न विषयमा बोलेका थिए । सांसद थापाले वर्तमान सरकार जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न समेत माग गरिन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर