वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)ले बनाए एकता संयोजन समिति
Prabhu Bank AD

 

काठमाडौं । केही समययता नेकपा (क्रान्तिकारी माओवादी)ले छरिएर रहेका क्रान्तिकारी पार्टी, संगठन तथा व्यक्तिहरुलाई एकताबद्ध बनाउने प्रक्रियालाई तीव्रता दिएको छ । पार्टी एकता तथा ध्रुवीकरणका लागि वार्ता समिति नै बनाएर यो प्रक्रियालाई तीव्रता दिइरहेको छ ।
यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच भएका विभिन्न चरणका वार्तापछि पछिल्लो पटक एकता प्रक्रियालाई थप गति दिन र टुंग्याउन दुवै पार्टीबीच एकता संयोजन समिति गठन गरिएको छ । दुवै पार्टीका नेतृत्वको संयुक्त हस्ताक्षरमा आज एक प्रेस विज्ञप्ति जारी गरी एकता संयोजन समिति गठन गरिएको सार्वजनिक जानकारी गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुवै नेतृत्व सहित वार्ता टोलीहरुका बीच संयुक्त बैठक बस्यो । व्यापक छलफलपछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजक समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, संगठन र व्यक्तिहरुलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।”

Prabhu Bank AD

सम्बन्धित खवर