वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
विप्लव–प्रकाण्डसहित दर्जन बढी नेताका नाममा पक्राउ पुर्जी जारी, ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश
Prabhu Bank AD

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत ललितपुरले सोमबार सूचना जारी गर्दै हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा नेकपा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित दर्जन बढी नेता(कार्यकर्ताका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

नेकपा नेता सन्तोष बुढा र प्रेम दर्नाललगायतका नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनीहरूलाई सूचना जारी भएको ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।

नेकपा छोडेर नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र उदयबहादुर चलाउनेका नाममा समेत पक्राउ पुर्जी जारी गरिएको छ । नेकपा त्यागेर माओवादी केन्द्र प्रवेश गरेका मोहन कार्कीका नाममा समेत पक्राउ पुर्जी जारी भएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर