काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने भएको छ।
मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँचवटा उपकरण प्रयोग गरिने बताए। निर्वाचनमा ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन्।
विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ। मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए।
पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदै छ।

