वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
सत्ता गठबन्धनबाट माओवादी केन्द्र दायाँबायाँ नहुने
Prabhu Bank AD

काठमाडौं । गठबन्धन सत्तारूढ दल माओवादी अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर संघ र प्रदेशको आसन्न निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकमा प्रचण्डले अहिलेको गठबन्धनबाट दायाँबायाँ गर्न नहुने बताएका हुन् ।

महाधिवेशन सकिएको लामो समयसम्म पनि पार्टी पदाधिकारी चयन गर्न नसकेका वेला माओवादीका शीर्ष नेता रहेको स्थायी समितिको आज बैठक बसेको थियो । तर, बैठकले पदाधिकारी चयन र स्थायी समितिलाई पूर्णता दिनेबारे कुनै ठोस निर्णय लिएन ।

यस सम्बन्धमा भोलि शुक्रबार बिहान ८ बजे पुनः बस्ने बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन् ।
आजको बैठकमा बोल्दै प्रचण्डले अहिले विचार मिल्ने वामपन्थी पार्टीहरूबीच पनि सहकार्यका लागि प्रयास भइरहेको जानकारी गराएका थिए ।

बैठकपछि स्थायी समिति सदस्य राम कार्कीले बैठकमा अध्यक्ष प्रचण्डले विचार मिल्ने शक्तिहरूबीचको सहकार्यका लागि प्रयास भइरहेको, तर आगामी निर्वाचनका सवालमा मुख्य गरी अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

स्थायी समितिका अर्का सदस्य हरिबोल गजुरेलले बैठकमा अध्यक्षले अब कांग्रेससँगै सहकार्य हुने भन्दै दायाँबायाँ गर्न नहुने बताएको जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर