साउन १० , काठमाडौँ । डिश मिडिया नेटवर्क (डिशहोम)ले युट्युबदेखि २ सय बढी च्यानलसम्म हेर्न सकिने सुविधायुक्त आईटिभी नयाँ सेवा सुरु गरेको छ ।
डिशहोमले प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी टिभीको शुभारम्भ गरेको हो।
पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्कले आफ्ना व्यवसायलाई विस्तारसँगै गुणस्तरीय सेवा प्रदान गर्न केवल टिभी, इन्टरनेट, टेरेस्टेरियल टिभी र आईपी टिभीमा सेवा विस्तार गरेको जनाएको छ।
डीटीएच र टेरेस्टेरियलभन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस आईपी टिभीमा २०० भन्दा बढी टिभी च्यानलहरु, भिडिओ अन डिमान्ड, क्याच अप टिभी, युटुब, टिकटकलगायत फिचर्स उपलब्ध छन्।
आईपी टिभी सेटअपमा ¥याम १ जीबी÷रोम ८ जीबी, २।० यूएसबी स्लोट, पावर इन्पुट १२ भोल्ट, क्विक एप लञ्च बटम अन द रिमोट, भिडियो डिकोडिङ फोरकेलगायत स्पेसिफिकेसन छ।
डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले १२औँ वर्षको यात्रामा नयाँ सेवा ल्याएको बताए। ढकालले विश्वमा विकास भएका राम्रा प्रविधि भित्र्याउन डिशहोमले कुनै कम्प्रमाइज नगरेको बताए।
‘अमेरिकामा पाइने सेवा, काठमाडौंमा पाइने सेवा नेपालको दुगर्म हुम्ला जुम्लामा पनि विस्तार भएका छन्’, उनले भने, ‘अहिले टेलिभिजन हेर्ने तरिका परिवर्तन भएको छ। बच्चादेखि वृद्धले चाहने कन्टेन्ट उपलब्ध गराउँछौँ।’

dav
कम्पनीले प्याकेज लिएपछि २०० बढी च्यानल, ५०० बढी फिल्म, पाइम भिडियो, नेटफिलिक्स अकाउन्ट भएकाले टिभी वा मोबाइलमा हेर्न सकिने जनाएको छ।
प्रबन्धनिर्देशक सुदीप आचार्यले डीटीएच सेवा हुँदाहुँदै आईटिभी ल्याएको बताए। आचार्यले एनालगबाट डीटीएच हुँदै आई टिभीमा आइपुगेको बताए। उनले केही समयमै डीटीएच फाइबर, डिसहोम र आईटिभीको कम्बो प्याकेजिङ गर्न लागेको जानकारी दिए।
‘एउटै परिवारको काठमाडौंमा हुनेले डीटीएच फाइबर इन्टरनेट सेवा र आईटिभी सेवा पाउन सक्छन्’, आचार्यले भने, ‘गाउँमा हुनेले डीटीएच सेवा प्रयोग गर्न पाउँछन्।’ उनले केही समयमै कम्बो प्याकेज सार्वजनिक हुने समेत बताए।
डिश मिडिया नेटर्वकले १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाएको छ। कम्पनीले २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्ज गरी डिशहोम नाममा आफ्नो सेवालाई सञ्चालनमा ल्याएको थियो।

