वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या, भाग्न खोज्दा छतबाट खसेर श्रीमानको पनि मृत्यु
Prabhu Bank AD

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले खुकुरी प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन् । घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती १०ः२५ बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

श्रीमतीको हत्या गरेर तीन तला माथिबाटै हाम फालेर भाग्न खोज्दा श्रीमान कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । कृष्णप्रसादले आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए । तीन तलाबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो ।

कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर